धरानः केही दिनदेखि क्रमिक उकालो लागेको सुनको मूल्य बुधबार भने घटेको छ। अघिल्लो दिनका तुलनामा तोलामा १ हजार ६ सय रुपैयाँ घटेको हो।
बुधबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९५ हजार १ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि १ हजार २ सय बढ्दा मंगलबार ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। गत आइतबार १ हजार ५ सयले बढेर प्रतितोला ९५ हजार ५ सय रुपैयाँ थियो।
बुधबार चाँदीको मूल्यमा पनि गिरावट छ। ३५ रुपैयाँ घट्दा कारोबार मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ भएको छ। मंगलबार २० रुपैयाँले बढेर प्रतितोला १३०० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दाको प्रभाव स्थानीय बजारमा देखिएको हो। मंगलबारका तुलनामा बुधबार सुनचाँदी दुवैको कारोबार मूल्य घटेको छ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस १८७८.६३ डलर थियो। त्यसमा घट्दै बुधबार प्रतिऔंस १८५३.०४ डलरमा कारोबार भएको छ।
चाँदी मंगलबार प्रतिऔंस २३.८९ डलर पुगेको थियो। बुधबार प्रतिऔंस २३.३५ डलर छ।