Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानका उपुकलपतिसहितका पदाधिकारीहरुले काम गर्न पाउने

हाम्रो कोशी आवाज
फाल्गुन ४ २०७८, बुधबार
धरानको बीपी प्रतिष्ठानका उपुकलपतिसहितका पदाधिकारीहरुले काम गर्न पाउने

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई काममा फर्कनको लागि बाटो खुलेको छ ।
उपकुलपति डा. ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक प्राडा गौरीशंकर शाह, शिक्षाध्यक्ष प्राडा गुरु खनाल सहितलाई काममा फर्कन बाटो खुलेको जनाइएको छ ।
सर्वोच्च अदालतले प्रतिष्ठानका पदाधिकारीहरूलाई सरकारका निर्देशन कार्यान्वयन नगर्न आदेश दिएको छ । गत पुस ३० गतेको मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी प्रतिष्ठानका बहालवाला पदाधिकारीहरूलाई काम गर्न सरकारले रोक लगाएको थियो ।
अदालतको आदेशसँगै सरकारले दैनिक काम, कर्तव्य अधिकार प्रयोग गर्न बीपी प्रतिष्ठानका पदाधिकारीहरुले पाउने भएका छन् ।
प्रतिष्ठानका उपकुलपति डा गिरीले हालेको रिटको सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश जारी गरेको हो । प्रतिष्ठानका उपकुलपतिलाई काम रोक्न निर्देशन दिएसँगै सरकारले दैनिक प्रशासन र आर्थिक प्रशासन हेर्ने भन्दै मन्त्रालयका कर्मचारी पठाएको थियो ।
सोही निर्णयअनुसार मन्त्रालयबाट डा.श्यामसुन्दर यादव र महालेखाबाट कोष तथा लेखा नियन्त्रक कार्यालय सुनसरीका प्रमुख आर्थिक प्रशासनको काम गर्ने गरी आएका थिए । सर्वोच्चले सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको बताउँदै डा गिरीले आदेश हात लाग्नासाथ काममा फर्किने बताए ।

प्रकाशित मिति: फाल्गुन ४ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend