Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा भएको दुर्घटनामा युवाको मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन ५ २०७८, बिहिबार
सुनसरीमा भएको दुर्घटनामा युवाको मृत्यु

सुनसरीः सुनसरीको बर्जु गाउँपालिका–१ मा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
बुधबार राति साढे ९ बजेको समयमा बर्जु गाउँपालिका–१ बुक्डरीको भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को२८प ३८०७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक स्थानीय २२ वर्षीय धनीलाल उरावको उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन ५ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend