Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

१६ बोरा गाँजासहित समातिएका तीनजना सार्वजनिक

हाम्रो कोशी आवाज
फाल्गुन ५ २०७८, बिहिबार
१६ बोरा गाँजासहित समातिएका तीनजना सार्वजनिक

उदयपुरः उदयपुर प्रहरीले ठूलो परिणामको लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सवारीधनी तथा चालक बेलका नगरपालिका ८ का २७ वर्षीय गोकुल राई, वडानं ७ का २९ वर्षीय मनोज राई र सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ का २३ वर्षीय मनिष धामी रहेको डीएसपी बेदप्रसाद गौतमले बताए ।
बेलका नगरपालिका ८ सिरुवानीबाट को.१.ज.२७६१ नम्बरको महेन्द्र पिकपमा निलो त्रिपालले छोपेर लैजाँदै गरेको तयारी चार सय केजी प्रतिबन्धित गाँजा बरामद गरेको हो । प्रहरीले लुकाइछिपाइ १६ वटा बोरामा तयारी गाँजा र नगद ६३ हजार २५ रुपैयाँ बरामद गरेको छ ।
प्रहरीले उनीहरुको साथबाट स्मार्ट फोन तीन र साधा फोन एक वरामद गरेको जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन ५ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend