Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

स्कुल बसको ठक्करले मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन ६ २०७८, शुक्रबार
स्कुल बसको ठक्करले मृत्यु

धरानः मोरङको उर्लाबारीमा स्कुल बसको ठक्करले एकजनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा मिक्लाजुङ गाउँपालिका ३ बस्ने वर्ष ५६ को भक्तबहादुर श्रेष्ठ रहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । उर्लाबारी नगरपालिका १ टपुस्थित उर्लाबारी–मधुमल्ला पक्की सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बा१क ५६०९ नम्बरको पशुपति इङ्लीस बोर्डिङ स्कुलको बसले पैदलयात्री उनलाई ठक्कर दिएको थियो ।
टाउको, शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर बनेका उनलाई स्थानीय अरनिको अस्पतालमा उपचारका लागि लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाइएको र उपचारका क्रममा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उर्लाबारी नगरपालिका ४ बस्ने वर्ष ६० को हरिराज भट्टराईलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन ६ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend