ओखलढुंगाः ओखलढुंगाको मोलुङ गाउँपालिका–४ स्थित भीरबाट लडेर एकजना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोलुङ–४ घले गाउँका इन्द्र सुनुवारकी श्रीमती ३८ वर्षीया मिना सुनुवार रहेकी छिन् । गुठी पाताल जंगलबाट घाँस काटी घरतर्फ फर्किदै गर्दा भीरबाट लडेर घाइते भएकी सुनुवारलाई तत्काल उपचारको लागि मिसन अस्पताल ओखलढुंगा लगिएकोमा निजको उपचारको क्रममा शुक्रबार राति पौने ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।