ताप्लेजुङः प्रदेश १ का उद्योग, श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गामलाई शनिबार पत्रकार महासंघ ताप्लेजुङले बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ ।
गृह जिल्ला आइपुगेका हाङ्गामले आफनो कार्यकालमा आफूले गर्ने कार्यहरुबारे जानकारी दिँदै लोकल रक्सीलाई ‘ब्राण्ड’ बनाएरै छाड्ने बताए । ‘स्थानीय रक्सीलाई पहिलो प्राथमिकता दिएर ब्राण्ड बनाउनतिर लाग्छु’, कार्यक्रममा उनले भने ।
उनले स्थानीय उत्पादन तथा चोयाका सामाग्री हरुलाई प्रोत्साहनमा पनि आफू लागिपर्ने पनि उनले बताए । फरक प्रसङ्गमा बोल्दै उनले ताप्लेजुङमा साना उद्योग सञ्चालन गर्न तालिमको अभाव, तालिम प्रदान गर्ने जनशक्तिको अभाव भएकोले सो समस्याप्रति आफू गम्भिर रहेको बताउँदै उचित व्यवस्थापनमा आफू लाग्ने समेत बतँए ।
देशमा पछिल्लो समयमा राजनीतिक घटनाक्रम अप्रत्यासितरुपमा विकास भइरहेको भन्दै आफ्नो कार्यकाल कति हुन्छ भन्न नसकिने तर आफ्नो कार्यकालभरी जनताले विश्वास गर्नयोग्य र कदर गर्ने गरी काम गरेर देखाउने उनले प्रतिबद्धता जनाए ।