Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पेट्रोलको मूल्य किनिनसक्नु पाराले बढ्यो

हाम्रो कोशी आवाज
फाल्गुन ७ २०७८, शनिबार
पेट्रोलको मूल्य किनिनसक्नु पाराले बढ्यो

धरानः पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँ बढेको छ । योसँगै पेट्रोलको मूल्य अब प्रतिलिटर १४५ रुपैयाँमा किन्नुपर्ने भएको छ । यो उपभोक्ताका लागि किनिनसक्नु पाराले मूल्यवृद्धि भएको बताएका छन् ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रूपैयाँका दरले मूल्यवृद्धि गरेको हो । निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँले बढाएको हो ।
निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार मूल्य बढाउँदा पनि निगमलाई १५ दिनमै २ अर्ब १५ करोड रुपैयाँ घाटा यथावत नै रहेको बताए । यो मूल्य नबढाउँदा निगमलाई १५ दिनमा करिब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको थियो ।
यसअघि निगमले गत माघ १८ मूल्य बढाएर हालसम्मकै महँगो बनाएको थियो । त्यो रेकर्ड शनिबार फेरि तोडिएको छ ।
नेपाल आयल निगमले बुधबार मात्रै प्राप्त मूल्य सूची अनुसार भारतबाट पेट्रोलियम पदार्थको भाउ बढेर आएको जनाएको थियो । बुधबार भारतबाट पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ प्रतिलिटर ५ रुपैयाँभन्दा धेरैले बढेर आएको निगमले जनाएको थियो ।
निगमले हालसम्म अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम विन्दुमा रहेको निगमले जनाएको छ । कच्चा तेलको मूल्य अमेरिकी डलर ९० देखि ९६ प्रति ब्यारेल पुगिसकेको निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेसनबाट निरन्तर मूल्य वृद्धि गराएर पेट्रोलिय पदार्थ आइरहेकाले घाटा पनि उच्च बिन्दुमा पुगेको निगमका सहप्रवक्ता कार्कीले बताएका छन् ।
ग्यासको मूल्य भने यस पटक वृद्धि गरिएको छैन ।

के कारणले हुन्छ मूल्यवृद्धि ?
नेपालको पेट्रोलियम पदार्थको मूल्य आन्तरिक कारण, अन्तर्राष्ट्रिय बजार मूल्य एवं इन्डियन आयल कर्पोरेसन (आईओसी) मा आधारित हुन्छ। मुख्यत: अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको खण्डमा नेपालमा स्वत: मूल्यवृद्धि हुने गर्छ।
सरकारको बजेट र निगमका नीतिहरूका कारण पनि पेट्रोलियम पदार्थको मूल्यमा असर पर्ने गर्छ। सरकारले गत सालको बजेटमा पेट्रोल, डिजेल र मट्टीतेलमा लाग्ने भन्सार महसुल बढाएको थियो जसले गर्दा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो। यसैगरी नेपाल सरकारले सबै पेट्रोलियम पदार्थमा मूल्य अभिवृद्धि करबाहेक नै प्रतिलिटर निश्चित रकम तोकेर राजस्व उठाउने गरेको छ।
नेपालले भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी) सँग इन्धन खरीद गरेर मुलुकमा बिक्री वितरण गर्छ। त्यसैले नेपालको पेट्रोलियम पदार्थको मूल्य आईओसीले तय गरेकै मूल्यमा आधारित हुन्छ। नेपाली बजारमा इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्यसँगै आईओसीको मूल्यमा पनि निर्भर हुन्छ। आईओसीले नेपाल आयल निगमलाई हरेक १५ दिनमा नयाँ समायोजित मूल्य पठाउने गर्दछ र त्यसैअनुरूप नेपालले पनि आवश्यकता अनुरूप मूल्य समायोजन गर्दछ।
यी सँगसँगै नेपाल सरकारको बजेट र निगमका नीतिहरूका कारण पनि पेट्रोलियम पदार्थको मूल्यमा असर पर्ने गर्छ। सरकारले गत सालको बजेटमा पेट्रोल, डिजेल र मट्टीतेलमा लाग्ने भन्सार महसुल बढाएको थियो जसले गर्दा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो। यसैगरी नेपाल सरकारले सबै पेट्रोलियम पदार्थमा मूल्य अभिवृद्धि करबाहेक नै प्रतिलिटर निश्चित रकम तोकेर राजस्व उठाउने गरेको छ। यसबाहेक लिइने अन्य करहरू र अन्त:शुल्कका कारण पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हुने गर्दछ।

प्रकाशित मिति: फाल्गुन ७ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend