खोटाङः खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ स्थित भित्री सडक खण्डमा मोटरसाइकलबाट लडेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चितवन भरतपुर महानगर पालिका–६ घर भई खोटाङ जिल्लाको रावाबेसी गाउँपालिकामा कार्यरत प्राविधिक ३१ वर्षीय दीपक ढुङ्गाना रहेको प्रदेश १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
प्रदेश ३–०२–००७ प ५३३३ नम्बरको मोटर साइकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार रहेका ढुङ्गाना घाइते भई उपचारको लागि काठमाण्डौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालक खोटाङ ऐसेलुखर्क–३ का हुलास गुरुङलाई इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।