धरानः लिम्बुवान राष्ट्रिय मोर्चाले प्रदेश १ को अरुण सप्तकोशी नदीपूर्वको क्षेत्रलाई लिम्बुवान स्वभाशित प्रदेश अर्थात् राज्य बनाउन माग गरेको छ ।
एक विज्ञप्ति जारी गर्दै लिम्बुवान राज्य बनाउनका लागि भएका आन्दोलनहरु, सरकारीसँग गरिएको सम्झौताहरु सङ्घीय सरकारले पुनः स्मरण गर्नुपर्ने र मोर्चाले लिम्बुवान स्वशासित प्रदेश बनाउन लाग्न जोड दिँदै आएको मोर्चाका अध्यक्ष दिल पालुङ्वा याक्थुङ , महासचिव मदन कन्दङ्वाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । ‘संविधान संशोधन गरे, प्रदेशसभाबाट सहमतिमा पारित गरेर अरुण सप्तकोशी नदीपूर्व लिम्बुवान स्वशासित प्रदेश तुरुन्त बनाइनुपर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
