Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानकी युवतीको स्कुटी चोरेर बराहक्षेत्र पुरयाउने युवा समातिए

हाम्रो कोशी आवाज
फाल्गुन ९ २०७८, सोमबार
धरानकी युवतीको स्कुटी चोरेर बराहक्षेत्र पुरयाउने युवा समातिए

धरानः धरानकी एक युवतीको स्कुटी चोरेर बराहक्षेत्र पुरयाउने एकजना युवा समातिएका छन् ।
धरान-१० बस्ने टिनु बज्राचार्यको स्कुटी चोरर बराहक्षेत्र पुरयाउने बराहक्षेत्र–८ का २७ वर्षीय अटल राई पक्राउ परेको इलाका प्रहरी कार्यालयका प्रमुख पाण्डव राजवंशीले जानकारी दिए । बराहक्षेत्र नगरपालिका–६ चक्रघट्टीमा उनी चोरी भएको स्कुटीसहित पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरीको टोलीले सवारी चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका थिए । गत मङ्सीर ३ गते हराएको स्कुटी अहिले भेटिएको हो । टिनुले चलाएको को३९प २४४ नम्बरको स्कुटी चोरी भएको हुलिया प्रहरीलाई आएको आधारमा प्रहरीले खोजी अभियान तीब्र बनाएको थियो ।
उनले स्कुटीको इन्जिन नम्बर जेएफथ्रीइ २०४५८०५ र चेसिस नम्बर एमईफोरजेएफ३९डिजिएम७०४०७९ मोडेलको डियो बिएसआइभी, रातो कालो रङ्गको स्कुटी चोरेका थिए । उनले राईलाई थप कारबाहीको लागि इलाका प्रहरी कार्यालय धरान पठाएको जानकारी दिए ।
यस्तै, बराहक्षेत्र नगरपालिका ३ बस्ने ३२ वर्षको अजित राजधामी अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् ।
उनलाई इलाका प्रहरी कार्यालयले बराहक्षेत्र–६ चक्रघट्टीस्थित बसपार्कबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । शंकास्पद अवस्थामा देखेपछि प्रहरीले धामीको शरीरमा खोजतलास गर्ने क्रममा उनले लगाएको पाइन्टको गोजीमा प्लास्टिकभित्र सानो पोको बनाएर लागूऔषध ब्राउनसुगर लुकाएर बोकेको अवस्था फेला पारेको प्रहरीले जनाएको छ । उनको साथबाट ९२० मिलिग्राम लागूऔषध ब्राउनसुगर फेला पारेको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन ९ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend