Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘ब्रेक फेल’ भएको बसको झ्यालबाट हामफाल्दा च्यापिएर मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन १० २०७८, मंगलबार
‘ब्रेक फेल’ भएको बसको झ्यालबाट हामफाल्दा च्यापिएर मृत्यु

इलामः इलाम नगरपालिका–१० स्थित मेची राजमार्गमा बस अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बारा जिल्लाको सिम्राहागण नगरपालिका–७ का ३५ वर्षीय प्रदीप कुसुवाह रहेका छन् । सोमबार राति ९ बजे बारा जिल्लाबाट इलाम घुम्न आएका ४४ जना सवार ना४ख ६२४८ नम्बरको बस अनियन्त्रित भई सडकको नालीमा ठोकिन गई दुर्घटना हुँदा कुसुवाह झ्यालबाट हाम्फाल्ने क्रममा बसले चेप्पिए घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बस ब्रेक फेल भएको पाइएको प्रहरीले जनाएको छ ।
गम्भिर घाइते भएका ४० वर्षीय धुरुप कुसुवाहको बिएण्डसी अस्पताल बिर्तामोडमा र अन्य सामान्य घाइते ३ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: फाल्गुन १० २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend