Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा ट्रकको ठक्करले मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन ११ २०७८, बुधबार
सुनसरीमा ट्रकको ठक्करले मृत्यु

सुनसरीः सुनसरीको कोशी-८ भण्टाबारीमा गएराति ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। स्थानीय ६० वर्षीय भरत सहनीको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।
प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र२–०३–००१ख २५०५ नंको ट्रकले सोही दिशाबाट आउँदै गरेका सहनीलाई ठक्कर दिएका थियो ।
गम्भीर घाइते सहनीको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो। ट्रक चालक सर्लाहीको परवानीपुरका ५४ वर्षीय लासादोर्जे जिम्बालाई पक्राउ गरिएको कार्कीले जानकारी दिए । ब्याक गरेर मारेको भन्दै स्थानीय घटनाको विरोधमा उत्रिएका थिए । उनीहरुले केहीबेर पूर्व-पश्चिम लोकमार्ग अवरुद्ध गरेका थिए । लोकमार्गमा करिब आधा घण्टासम्म कुनै सवारी चल्न पाएनन् । प्रहरीले सम्झाएपछि आन्दोलनमा उत्रिएका स्थानीय पछि हटेसँगै सवारी सुचारु भएको छ ।

प्रकाशित मिति: फाल्गुन ११ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend