धरान: इटहरीका लागि सुजुकी चारपाङ्ग्रे सवारी साधनको आधिकारिक बिक्रेता एब्सुल्युट अटोले सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार सुजुकी सेलेरियो सार्वजनिक गरेको छ ।
इटहरीस्थित सोरुममा एब्सुल्युट अटोकी सञ्चालीका दिक्षा कार्कीले एक कार्यक्रमका बीच सो कार सार्वजनिक गरेकी हुन् । सर्वाधिक माइलेज दिने गाडीको दावी गरिएको दिने सो गाडीबाट ग्राहकलाई बढ्दो पेट्रोलियम पदार्थको मूल्यवृद्धि भारबाट केही राहत मिल्ने कम्पनीको विश्वास रहेको छ । नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फस्ट–इन–सेगमेन्ट सुरक्षा, र सुविधायुक्त सुविधाहरू भएको कम्पनीले जनाएको छ ।
एब्सुल्युट अटोका म्यानेजर कुशल लामिछानेले सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी भएको बताए । न्यु जेनेरेशन सेलेरियोमा अझै धेरै माइलेज दिने, अन्य कारको तुलनामा बढी सुरक्षा र सुविधाजनक फिचर रहेको साथै यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित गर्ने उनले बताए ।
सेलेरीयोले प्रति लिटर २६ किलोमिटर भन्दा बढी माइलेज दिने कम्पनीको दावी छ । यो कारको मूल्य २७ लाख ९९ हजारदेखि ३१ लाख ९९ रुपैयाँसम्म रहेको कम्पनीले जानकारी दिएको छ ।