धरानः अनलाइन अर्डरमार्फत् फुड डेलिभरी गरिरहेको सप अर्डरले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा ११ दिने सप अर्डर ११.११ मेला आयोजना गर्ने भएको छ ।
यही फागुन ११ गते आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा सप अर्डरले ११ दिने ११.११ मेला गर्ने भएको हो । सप अर्डरका अध्यक्ष सुमन लिम्बूका अनुसार ११ दिने मेलाको अवसरमा ग्राहकहरुलाई ११ प्रतिशत छुट दिइनेछ भने प्रत्येक दिन १ जनाको दरले कुल ११ जना भाग्यशाली बिजेता ग्राहकलाई उपहार पनि दिइनेछ । भाग्यशाली ग्राहकलाई फुड आइटम उपहार दिइने पनि उनले बताए ।
अध्यक्ष लिम्बूका अनुसार अन्तिम दिन ११ दिनसम्म अर्डर दिने सबै ग्राहकहरुमध्ये २ जना भाग्यशाली विजेता ग्राहकहरुलाई ११ सय बराबरको फुड भौचर दिइनेछ । मेला अवधिभर हरेक दिनको फुड आइटम विशेष रहने पनि अध्यक्ष लिम्बूले जानकारी दिए । साथै, डेलिभरी शुल्कमा पनि ११ रुपैयाँ छुट दिइने उनले बताए । मेला अवधिभर घरमा नै बसेर ग्राहकहरुलाई धरानका विभिन्न चर्चित रेष्टुरेष्टहरुको खानाको परिकारहरु अर्डर गर्न सक्नेछन् । यसको लागि सप अर्डरको बेभसाइट, इन्टाग्राम र फेसबुक पेजमार्फत् अर्डर दिन सक्ने पनि अध्यक्ष लिम्बूले जानकारी दिए ।