Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

घोडा लड्दा लडेर बालिकाको मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन ११ २०७८, बुधबार
घोडा लड्दा लडेर बालिकाको मृत्यु

सोलुखुम्बुः सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका ४ खुम्जुङ बस्ने पासाङल्हामु शेर्पाको ८ वर्षीया सोनाम छुटिन शेर्पाको घोडाबाट लडेर मृत्यु भएको छ ।
उनीसँगै सवार रहेकी अर्की बालिका ९ वर्षीया मिङमा कान्छी शेर्पा समेत सामान्य घाइते भएकी १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
बुधबार बिहान साढे १० बजे उनीहरु मामाको घोडामा चढेर जाँदै गर्दा खुम्बु पासाङल्हामु गाउँपालिका ३ लासे दोभानस्थितमा हिउँमा चिम्लिएर घोडा लड्दा उनीहरु समेत लडी घाइते भएकी थिइन् ।
घाइतेमध्ये सोनामको उपचारको लागेर लैजाँदै गर्दा दिउँसो १२ बजे बाटैमा मृत्यु भएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली खटी गई थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: फाल्गुन ११ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend