Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको मितेरी बैंकको १३ दशमलव ३० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत

हाम्रो कोशी आवाज
फाल्गुन ११ २०७८, बुधबार
धरानको मितेरी बैंकको १३ दशमलव ३० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत

धरान: धरानमा मुख्य कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको १३ दशमलव ३० प्रतिशत बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
बैंकले उक्त बोनस शेयर वापतको १० लाख ६० हजार ५११ दशमलव ३३ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो ।
बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट साविकको चुक्तापूँजी रू. ७९ करोड ७३ लाख ७६ हजारको आधारमा उक्त बोनस शेयर वितरण गरेको हो । बोनस पश्चात् कम्पनीको चुक्तापूँजी रू. ९० करोड ३४ लाख २८ हजार पुगेको छ । बैंकले बोनस शेयर कर प्रयोजनका लागि लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश समेत दिएकाले शेयरधनीहरुले कर तिर्नुपर्ने छैन ।
बैंकको गत पुस २८ गते सम्पन्न १६औं वार्षिक साधारण सभाले यस वर्षको लाभांश पारित गरेको थियो । धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात् बैंकले सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गर्नेछ । बिहीवारदेखि कारोबारयोग्य हुने बैंकको बोनस शेयर सम्बन्धित शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

प्रकाशित मिति: फाल्गुन ११ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend