Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सवारीको तीब्र गतिले लियो दुईजनाको ज्यान

हाम्रो कोशी आवाज
फाल्गुन १२ २०७८, बिहिबार
सवारीको तीब्र गतिले लियो दुईजनाको ज्यान

धरानः बुधबार राति मोटरसाइकलले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।
छुट्टाछुट्टै स्थानमा भएका दुई दुर्घटनामा दुईजनाको ज्यान गएको हो । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका सुमन तिम्सिनाका अनुसार उदयपुरको त्रियुगा नगरपालिका–०६ कुमारीचोक स्थित सगरमाथा पिच सडक खण्डमा मोटरसाइकलले ठक्करले एकजनाको मृत्यु भएको छ ।
गाईघाटबाट जलजलेतर्फ आउँदै गरेको स१ब ८९७ नम्बरको वडाध्यक्ष सवार मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ५० वर्षीय रामचन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पैदलयात्रीको हातखुट्टा, मुखमा गम्भीर चोट लागि उपचारको लागि विराटनगर लाँदालाँदै बाटोमै नैं मृत्यु भएको उनले जानकारी दिए । चालक उदयपुर त्रिनपा–६ का वडाध्यक्ष वर्ष ४० को निर्मल चौधरी (सामान्य) समेत घाइते भई उपचारको लागि विराटनगर ल्याइएको थियो ।
वडाध्यक्षको लापरवाही तरिकाले तीब्र गतिमा सवारी गुडाएको कारण दुर्घटना भएको उनले जानकारी दिए । ‘खासमा लापरवाही तरिकाले तीब्र गतिमा मोटरसाइकल कुदाएको पाइएको छ, तीब्र गतिकै कारण पैदलयात्रीलाई ठक्कर दिएको पाइयो ।’ डिएसपी तिम्सिनाले भने ।
यस्तै, झापा अर्जुनधारा नगरपालिकामा पनि दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।
डाँडास्थित भित्री पक्की सडक खण्डमा दक्षिणबाट उत्तर जाँदै गरेको प्र. १ –०१–०१२ प ५९९८ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको पैदलयात्री सोही ठाउँका वर्ष ७८ कि शिवमाया दाहाललाई ठक्कर दिएको थियो । उनको उपचारको क्रममा बिहीबार बिहान २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते बनेकी उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका १ भोटेटार बस्ने वर्ष २१ को प्रेम गुरुङको खोजी तीब्र बनाइएको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण नै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन १२ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend