बिर्तामोडः झापाको बिर्तामोडको दुई स्थानबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा झापा गाउँपालिका ४ का १९ वर्षीय अब्दुल अन्सारी र बिर्तामोड नगरपालिका ४ का १९ वर्षीय उतम बर्देवा रहेका छन् ।
इलाका प्रहरी कार्यालय अनामनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ४ पश्चिम स्टेण्डबाट अब्दुल अन्सारीलाई ब्राउन सुगर ५ ग्राम र प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले उत्तम बर्देवालाई घरैबाट ब्राउन सुगर ८०० मिलगी्रामसहित पक्राउ गरिएको हो । पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय अनामनीबाट थप अनुसन्धान भइरहेको छ ।