Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा जमेको पानीमा डुबेर बालकको मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन १३ २०७८, शुक्रबार
सुनसरीमा जमेको पानीमा डुबेर बालकको मृत्यु

धरानः सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–७ स्थितमा खाल्डोमा जमेको पानीमा डुवी बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भोक्राहा नरसिङ–७ का शंकर मेहेताको १५ महिनाको छोरा रोहित मेहता रहेका छन् । भोक्राहा नरसिङ–१ स्थित मावली घरको आँगन छेउमा खाल्डोमा जमेको पानीमा डुबेर मृत अवस्थामा निजको आमाले फेला पारेकी थिइन् । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ ।
यस्तै, इलामको रोङ गाउँपालिका–२ स्थितमा रुखबाट लडि १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रोङ–२ बरफल्याङ का २७ बर्षीय सुवास नेपाल रहेका छन । घरनजिकै रहेको साजको रुखमा चढी घाँस झार्ने क्रममा लडी घाइते भएका नेपालको उपचारको क्रममा मेची अस्पताल भद्रपुरमा मृत्यु भएको हो । घटना सम्वन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन १३ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend