विराटनगरः मोरङको विराटनगर महानगरपालिका–१३ बाट भारतीय नक्कली नोटसहित तीजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत पूर्णिया थान चोक ग्राम पन्चायतका ३४ वर्षीय राजु गुप्ता र मधुवनी सिपाही टोलका ३५ वर्षीय चन्दनकुमार ठाकुर र कनेला रानीपत्राका २२ वर्षीय मोहमद महसुम रहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
शुक्रबार बिहान साढे १० बजे विराटनगर–१३ नहर चोकस्थितमा सिआरभी जतुवाबाट खटिएको चेकिङ टोलीले चेकजाँचको क्रममा टेम्पोमा सवार रहेका निजहरुको साथबाट ४८ वटा १०० रुपैयाँका भारतीय नक्कली नोट बरामद भएको हो । नक्कली नोटसहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।