Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जंगलमा छात्राको शव फेलाः बाटो छेकेर बलात्कारपछि हत्या !

हाम्रो कोशी आवाज
फाल्गुन १४ २०७८, शनिबार
जंगलमा छात्राको शव फेलाः बाटो छेकेर बलात्कारपछि हत्या !

विराटनगरः मोरङको लेटाङ नगरपालिका–८ की १२ वर्षीया करूणा राईको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
लेटाङ नगरपालिका–८ ज्यामिरे टोलकी–१२ वर्षीय राईको बलात्कारपछि हत्या गरेको आरोपमा ६३ वर्षीय दीपक गिरीलाई पक्राउ गरेको हो ।
बुधबार साझ स्कूलबाट घर फर्किने क्रममा लेटाङ–८ सामुदायिक वनभित्र गिरीले बलात्कारपछि बालिकाको हत्या गरेको मोरङ प्रहरी प्रमुख जर्नादिन जिसीले बताए । बुधबार साँझ स्कुलबाट फर्कने क्रममा बाटो छेकेर बलात्कारपछि हत्या गरेको देखिएको उनले जानकारी दिए ।
लेटाङ–८ अजय राईकी छोरी करुणाको स्थानीय लालझोडा सामुदायिक जङ्गलमा खाल्डो खनेर ढुङ्गाले थिचेर राखेको अवस्थामा करुणाको शव भेटिएको थियो । बुधबारदेखि हराइरहेकी खाल्डोभित्र नाङ्गो अवस्थामा उनको शव भेटिएको हो ।
बालिकाको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । बलात्कारपछि हत्या गरेर उनको शव गाडिएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीसहित खोजी गर्ने क्रममा खाल्डो खनेर गाड्दै माथिबाट ढुंगाले छोपेको अवस्थामा वनभित्र निवस्त्र अवस्थामा शव फेला पारेको उनले जानकारी दिए । शुक्रबार बिहान करुणाको शव देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनले शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरेर गाडेजस्तो देखिएको बताए । घटनास्थल बालिकाको घरबाट लगभग २ किलोमिटरजति दक्षिणमा पर्छ ।

प्रकाशित मिति: फाल्गुन १४ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend