Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ः साढे तीन महिनापछि बैठक

हाम्रो कोशी आवाज
फाल्गुन १५ २०७८, आइतबार
प्रदेश १ः साढे तीन महिनापछि बैठक

विराटनगरः साढे तीन महिनापछि प्रदेश १ को प्रदेश सभा बैठक आज दिउँसो १ बजे बस्न लागेको छ । संसद सचिवालयले सूचना जारी गर्दै बैठक बस्न लागेको जनाएको हो ।
बैठकमा ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७८’ माथि सैद्धान्तिक छलफल हुने सचिवालयले जनाएको छ । बैठकमा प्रदेश नामकरणको विषय प्रवेश नपाउने भएको छ ।
यसअघि प्रदेश सरकारले नामकरणको विषयमा सर्वदलीय छलफल गरेको थियो । सत्ता गठबन्धन दलहरूले नामकरणको विषयमा सहमति गरेर यही अधिवेशनमा प्रदेशसभामा दर्ता गर्ने दाबी गर्दै आएको छ ।
मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि मंसिर १ गते स्थगित भएको प्रदेशसभा बैठक बिजनेस अभावमा लामो समय स्थगित भएको थियो । वर्तमान सरकारले प्रदेशसभा सचिवालयमा अहिलेसम्म कुनै पनि विधेयक दर्ता गराएको छैन ।
प्रदेशसभामा यसअघि नै दर्ता भएको अर्थ विधेयक र प्रतिष्ठान विधेयक विचाराधीन छ । दुई वटा विधेयकमा छलफल हुँदासम्म सञ्चार संस्था व्यवस्थापन गर्न बनेको विधेयक तयार गर्ने सरकारको तयारी छ ।

प्रकाशित मिति: फाल्गुन १५ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend