Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नागरिक सहायता कक्ष स्थापना

हाम्रो कोशी आवाज
फाल्गुन १५ २०७८, आइतबार
नागरिक सहायता कक्ष स्थापना

तेह्रथुमः जिल्ला प्रहरी कार्यालय तेह्रथुम परिसरमा रहेको नागरिक सहायता कक्ष भवनको उद्घाटन् भएको छ ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुम हाताभित्र भएको कार्यक्रमका बीच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीले नवनिर्मित नागरिक सहायता कक्ष भवनको विधिवत रुपमा उद्घाटन गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमको निरीक्षणपश्चात् कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक बिसीले गाँस, बासको उचित ब्यवस्था भएसँगै प्रहरी कर्मचारीहरुमा काम गर्ने थप हौसला मिल्ने बताए ।
उनले आगामी दिनमा हुन गइरहेको स्थानीय निर्वाचन त्रुटिरहित सम्पन्न गराउनका लागि तयारी हुन र जिल्लाको शान्ति-सुरक्षामा विशेष ध्यान दिनुका साथै प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्न र कानूनको परिधीमा रही जनचाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

प्रकाशित मिति: फाल्गुन १५ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend