Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तीन हजार ६४३ केजी अर्थात् २५ अर्ब २१ करोडको सुन भित्रियो

हाम्रो कोशी आवाज
फाल्गुन १५ २०७८, आइतबार
तीन हजार ६४३ केजी अर्थात् २५ अर्ब २१ करोडको सुन भित्रियो

धरानः बहुमुल्य धातुको रुपमा हेरिने सुनको ऐतिहासिकसँगै धार्मिक महत्व पनि छ । नेपाली मौलिक गहनाहरूमा सुनको अत्याधिक प्रयोग हुने गरेको पाइन्छ । जसले गर्दा नेपालमा सुनको खपत बढ्दो छ । भन्सार विभागको तथ्यांक हेर्ने हो भने सात महिनामा अर्बौँ रुपैयाँको सुन नेपाल भित्रिएको देखिन्छ ।

विभाग तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) २०७८/७९ को सात महिनामा विभिन्न देशबाट २५ अर्ब २१ करोड रुपैयाँ बराबरको तीन हजार ६४३ केजी सुन नेपाल भित्रिएको छ । चालू आवको माघ मसान्तसम्म आयात गरिएको सुनबाट सरकारले १ अर्ब ३६ करोड ४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

भदौमा सर्वाधिक सुन आयात   
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको तथ्यांक अनुसार चालू आवको भदौ महिनामा सर्वाधिक सुन आयात भएको देखिन्छ । यस महिना व्यवसायिक प्रयोजन, काँचो सुन र गहाना गरी सात सय ८३ केजी सुन आयात भएको छ ।

यस महिनामा व्यवसायिक प्रयोजनका लागि ७५६ केजी सुन आएको छ । जसबाट ६४ करोड ३० लाख रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै, यस महिना काँचो सुन दुई केजी आयात भएको देखिन्छ । यसबाट पनि २२ लाख १३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । भादौ महिनामै २४ केजी सुनका गहना आयात हुँदा सरकारले ८९ लाख ९ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

त्यस्तै, चालू आवमै भदौ महिनापछि सर्वाधिक सुन आयात मंसिर भएको छ । यस महिना व्यवसायिक प्रयोजनका लागि पाँच सय ५७ केजी सुन आएको छ । जसबाट ४७ करोड ३४ लाख ५० हजार राजस्व संकलन भएको छ । त्यस्तै, यस महिना काँचो सुन ९६ केजी आयात हुँदा ९ करोड २० लाख रुपैयाँ राजस्व संकलन भएको छ । उक्त महिना ८ केजी सुनका गहना आयात हुँदा ३६ लाख १४ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

त्रिवि भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा व्यवसायिक प्रयोजनका लागि चार सय ५८ केजी सुन आयात हुँदा ३८ करोड ५७ लाख २५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यस महिना दुई केजी काँचो सुन भित्रिदा १९ लाख २४ हजार राजस्व संकलन भएको छ । त्यस्तै १५ केजी गहना आयात हुँदा ५३ लाख ३० हजार राजस्व संकलन भएको देखिन्छ ।

असोज महिनामा ४३१ केजी सुन आयात भएको छ । जसबाट ३५ करोड ८२ लाख ८४ हजार राजस्व संकलन भएको छ । त्यस्तै, कात्तिक ५७३ केजी सुन आयात हुँदा ४८ करोड २६ लाख २२ हजार राजस्व  संकलन भएको छ भने पुस महिनामा ५२७ केजी सुन भित्रिदाँ ४५ करोड ४६ लाख ५१ हजार रुपैयाँ राजस्व  संकलन भएको छ । यसैगरि, माघ महिनामा ५१६ केजी सुन आयात भएको छ । जसबाट सरकारलाई ४४ करोड ४६ लाख ५४ हजार रुपैयाँ राजस्व  संकलन भएको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति: फाल्गुन १५ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend