Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पोल खुल्ने डरले करुणा राईको हत्या

हाम्रो कोशी आवाज
फाल्गुन १५ २०७८, आइतबार
पोल खुल्ने डरले करुणा राईको हत्या

धरानः मोरङको लेटाङ-८ की १२ वर्षीय करुणा राईको बलात्कारपछि हत्या गर्ने आरोपी प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले लेटाङमा हत्या गरिएकी राईको हत्यामा संलग्नलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङ लेटाङ–८ का ६४ वर्षीय दीपक गिरी रहेका छन् । पक्राउ परेका गिरीको जिल्ला प्रहरी कार्यालय मोरङले एक कार्यक्रमको आयोजना गरी सार्वजानिक गरेको हो ।
फागुन ११ गते बेलुकी अवेरसम्म पनि घर फर्की नआइपुगेकोले घर परिवारका सदस्यले सोही दिन इलाका प्रहरी कार्यालय लेटाङमा जानकारी गराएपश्चात १३ गते बिहान खोजतलासमा खटिएको प्रहरी टोलीले निज बालिकाको घरदेखि तीनकिलो मिटर दक्षिण लेटाङ–८ लाल हिरा सामुदायिक वनमा बालिकाको शव ढुङ्गाले छोपी मृत अवस्थामा फेला परेको थियो भने गिरीको घर पछाडि रहेको खोल्सीमा स्कुलको लोगो रहेको बेल्टको बक्कल र कडी, जुत्ताको सोलको भाग, ज्याकेटको बटमहरू, फरकको खिपहरू खरानीको थुप्रोमा डढेको अवस्थामा र नजिकै लाइटर समेत फेला पारेको थियो ।

फागुन ११ गते बेलुकी साढे ४ बजे श्री जाँते उच्च माध्यमिक विद्यालयबाट छुट्टी भई लेटाङ–८ स्थित जंगलको बाटोमा घर फर्किदै गरेको अवस्थामा गिरीले बालिकालाई एक्लै देखेर पछ्याउँदै गई बीच जंगलमा पुगेपछि फकाइफुल्याइ जंगलभित्रको छोटो बाटो जाँदा छिटो पुगिन्छ भनी केही पर लगी जवरजस्ती करणी गरी घाँटी थिची हत्या गरी नजिकै रहेको खोल्सीमा शवलाई घोप्टो पारी ढुंगाले छोपेको अनुसन्धानबाट खुल्न आएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
जंगलको बाटो घर फर्किंदै गर्दा बालिकालाई पछ्याउँदै गएका गिरीले सुरुमा बालिकासमक्ष शारीरिक सम्पर्कका लागि प्रस्ताव गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
सो क्रममा बालिकाले नमानेपछि गिरीले बालिकालाई बलात्कार गरी कसैलाई नभन्न चेतावनी दिएका थिए । सो क्रममा नाबालिकाले बुबालाई भनिदिन्छु भन्दै दौडिएपछि गिरीले पछ्याउँदै लडाएर घाँटी र मुख थुनेर हत्या गरेको गिरीले स्वीकारेको प्रहरी अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । यसक्रममा गिरीले बालिकाको हत्या गरी उनको सबै कपडा र जुत्तासमेत आफैले घरको पछाडि खोल्सीमा जलाएका थिए ।

गिरीलाई कर्तव्य ज्यान र जवरजस्ती करणी मुद्दामा मोरङ अदालतमा म्याद थप गरिसकिएको छ । उनलाई मुलुकी अपराधसंहिता ऐन २०७४ को परिच्छेद ५ को दफा ४१ बमोजिम जन्म कैद हुनसक्ने प्रहरीले जनाएको छ । गत बुधबार स्कुलबाट फर्कने क्रममा गिरीले बालिकालाई बाटैबाट बेपत्ता पारेका थिए ।

प्रकाशित मिति: फाल्गुन १५ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend