Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ताप्लेजुङमा नमूना मतदान

हाम्रो कोशी आवाज
फाल्गुन १५ २०७८, आइतबार
ताप्लेजुङमा नमूना मतदान

ताप्लेजुङः नेकपा एमालेका भातृ सङ्गठन अनेरास्ववियु, अखिल नेपाल महिला संघ र राष्ट्रिय युवा संघ ताप्लेजुङले नमूना मतदान गरेका छन् ।
सदरमुकामस्थित वीरेन्द्रचौकमा नमूना मतदान गरेका छन् । नेकपा एमाले निर्वाचनको पक्षमा रहेको र सरकारले निर्वाचनलाई पर धकेल्न बहानाबाजी गरिरहेको भन्दै नमूना मतदान गरिएको अनेरास्ववियुका राष्ट्रिय परिषद् सदस्य नारद गुरागाईंले जानकारी दिए ।
सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत् ध्यानाकर्षणस्वरुप नेपाल सरकारलाई बुझाउने उनले जानकारी दिए । नमूना मतदानमा सो संगठनका कार्यकर्ताहरुलगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: फाल्गुन १५ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend