Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एकैदिन तीन दुर्घटना, तीनजनाको मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन १६ २०७८, सोमबार
एकैदिन तीन दुर्घटना, तीनजनाको मृत्यु

धरानः धनकुटामा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
ट्याक्टर ब्रेकफेल भएर दुर्घटना हुँदा पाख्रीबास नगरपालिका ६ फँलाटे बस्ने वर्ष ५२ को बमबहादुर राईको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा आइतबार राति ८ः५० मत्यु भएको उनले जानकारी दिए ।
यस्तै, मोरङको विराटनगर–३ दुर्गाचोक भित्री पक्की सडकमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१४प ९४५८ नम्बरको स्कुटी आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा चालक सप्तरी घर भई हाल जिल्ला मोरङ विराटनगर–३ डेरा गरी बस्ने वर्ष ३६ को हरी भुजेलको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनको नोवेल अस्पतालमा उपचारको क्रममा ११ः५५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
उता मोटरसाइकलले बाटो क्रस गर्दै गरेका पैदलयात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका–९ भित्री पक्की सडक खण्ड दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को९प १७६३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा अर्जुनधारा–९ बस्ने वर्ष ५८ को राजेन्द्र थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा ७ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । चालक इलाम रोङ गाउँपालिका–२ बस्ने वर्ष २४ को अर्जुन तामाङ इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन १६ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend