बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–५ स्थित मेचीखोला बगरबाट लागूऔषधसहित २ जना र मेचीनगर–६ स्थितबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेचीनगर–३ का १९ वर्षीय अविषेक श्रेष्ठ, भारत दार्जिलिङका २२ वर्षीय अनमोल प्रधान र इलाम माइजोगमाई–१ का २३ वर्षीय जोसेफ थापा रहेका छन् ।
मेची खोला बगरमा शंकास्पद अवस्थामा भारतबाट पैदल हिँड्दै नेपालतर्फ आउँदै गरेका श्रेष्ठ र प्रधानलाई सीमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजहरुको साथबाट ब्राउन सुगर २५० मिलिग्राम र वीन्डलास विनस्पास्मो क्याप्सुल–२०४ पिस, नाइट्रोजन ट्याब्लेट–१ पिससहित बरामद भएको थियो ।
इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले थापालाई ९ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका तीनैजनाको इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।