Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा मोटरसाइकल चोरी गर्ने तीनजना समातिएपछि सार्वजनिक

हाम्रो कोशी आवाज
फाल्गुन १६ २०७८, सोमबार
सुनसरीमा मोटरसाइकल चोरी गर्ने तीनजना समातिएपछि सार्वजनिक

सुनसरीः सुनसरीमा मोटरसाइकल चोरी गर्ने तीनजनालाई पक्राउपछि सार्वजनिक गरिएको छ ।
गत कार्तिक ९ गते इटहरी– ६ स्थित आरसिटी मार्केट छेऊमा पार्किङ गरिराखेको नविन बोगटीको को१५प २९ नम्बरको होण्डा कम्पनीको युनीकर्ण मोटरसाइकल र फागुन १२ गते इटहरी मेडिकल छेऊमा पार्किङ गरिराखेको को३६प ९६४ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले कार्यालयबाट खोजतलास गर्ने क्रममा मोटरसाइकलसहित सप्तरी कञ्चनरुप नगरपालिका–१२ घर भई हाल इटहरी– ८ गैसारमा डेरा गरी बस्ने वर्ष २३ को राहुल श्रेष्ठ, इटहरी–२० बस्ने वर्ष २४ को सरोज कार्की र मोरङ मिक्लाजुङ गाउँपालिका ५ बस्ने वर्ष २८ को पुजन भन्ने अजित श्रेष्ठलाई इटहरी एरियाबाट पक्राउ गरिएको जानकारी दिए । सुनसरी जिल्ला अदालतबाट म्याद थप भई उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन १६ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend