Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा ट्याक्टरको ठक्करले मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन १८ २०७८, बुधबार
सुनसरीमा ट्याक्टरको ठक्करले मृत्यु

सुनसरीः सुनसरीको गढी गाउँपालिका–६ स्थितमा ट्रयाक्टरको ठक्करबाट एकजना वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गढी–६ का ७० वर्षीय हरिलाल मगरदैता रहेका छन् । मङ्गलबार राति ९ बजे प्रदेश १–०२–००३ त नम्वरको ट्रयाक्टर पछाडि सार्ने क्रममा राज जानकी मन्दिर परिसरमा बसिरहेको अवस्थामा ट्रयाक्टरको डालाले ठक्कर लागि घाइते भएका मगरदैताको उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होम अस्पतालमा मृत्यु भएको हो ।
सवारी दुर्घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन १८ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend