Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बेसहाराका लागि सहारा ‘माया घर’

हाम्रो कोशी आवाज
फाल्गुन १९ २०७८, बिहिबार
बेसहाराका लागि सहारा ‘माया घर’

धरानः सुनसरीको इटहरी–२ आयुर्वेदिक टोलमा अवस्थित ‘माया घर नेपाल’ ले श्रीमत भागवत जीवन दर्शन ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ ।
बिहीबार धरानमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो । पुराणबाट एक करोड रुपैयाँ सङ्कलन गरी सो रकमको ब्याजले आश्रितहरुको सेवा गर्ने उद्देश्यसहित आगामी फागुन २१ गतेदेखि २८ गतेसम्म ज्ञान महायज्ञ आयोजना हुन लागेको संस्थाकी अध्यक्ष राधिका दासीले जानकारी दिइन् ।
उनका अनुसार सात दिनसम्म दैनिक कथा प्रवचन तथा जीवन दर्शनसम्बन्धी कार्यक्रम आयोजना हुनेछ । फागुन २१ गते बिहान ८ बजे इटहरीका विभिन्न स्थानमा भेला भई इटहरी–पकली–चतरा हुँदै सप्तकोशीमा जल उठाई धरान हुँदै कार्यक्रमस्थल इटहरीको यज्ञस्थलमा सहभागिता, दिउँसो ३ बजे समुद्घाटन र मण्डप पूजा, फागुन २२ गतेदेखि २८ गतेसम्म दैनिक श्रीमद्भागवत पाठ, कथा, पूजाआजा तथा सङ्गीतमय जीवन दर्शन प्रवचनलगायतको कार्यक्रम रहेको जनाइएको छ ।
मानसिक तथा विभिन्न कारणले सडकमा जीवन बिताइरहेकालाई आश्रम दिँदै आएको माया घरले चार वर्षअघि श्रीमद् भागवत पुराण लगाएर सङ्कलन भएको रकमले संस्थाले आफ्नै नाममा साढे ६ कट्ठा जग्गा समेत किनेको थियो ।

बेसहाराहरूको लागि आश्रयस्थल मात्रै होइन सबैको माया पाउने साझा घर बनेको छ । आफन्तहरूबाट टाढिएका, सडकमा अलपत्र र कष्टकर जिवन बिताउँदै आएका, घरपरिवारबाट बेसहारा बनेकाहरूलाई खोजी गरी आश्रय दिँदै आएको माया घर नेपालकै नमूना माया घर बन्नेमा अग्रसर रहेको संस्थाकी सचिव शुभद्रा प्याकुरेलले जानकारी दिइन् ।
दुईजना मानसिक रोगीहरू राखेर सुरूवात गरेको माया घरमा अहिले ११५ जनाले आश्रम लिइरहेको र चार हजारभन्दा बढीको पुनस्थापना तथापारिवारिक मिलन गराइसकेको उनले जानकारी दिइन् । संस्था विभिन्न निकाय तथा दाताहरूबाट सङ्कलित खाद्यान्न र चन्दा सहयोगबाट निरन्तर सञ्चालन हुँदै आएको छ ।
यतिमात्र नभएर माया घर नेपालले अलपत्र परेकाहरूलाई घरमा शरणमात्र दिएको छैन विभिन्न सीपहरू सिकाएर उनीहरूलाई दक्ष बनाइ आयमूलक काममा समेत लगाउने गरेको छ ।

प्रकाशित मिति: फाल्गुन १९ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend