Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुई किशोरीमाथि करणी

हाम्रो कोशी आवाज
फाल्गुन २० २०७८, शुक्रबार
दुई किशोरीमाथि करणी

बिर्तामोडः १५ वर्षका दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा झापाबाट प्रहरीले तीनजना युवकलाई पक्राउ गरेको छ ।
झापाको गौरीगञ्ज गाउँपालिका–२ भाकुरमारीबाट दुईजना र भद्रपुर नगरपालिका–४ बाट एक युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गौरीगञ्जमा पाहुना आएकी १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा भाकुरमारीका २२ वर्षीय प्रमोद राजवंशी र २४ वर्षीय देवकुमार राजवंशी पक्राउ परेका हुन् । उनीहरुले बुधबार साँझ भारतीय सीमानजिक जवानमुन्सी मेला घुमेर फर्किने क्रममा किशोरीलाई नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरेका प्रहरीले जनाएको छ ।
किशोरीका अभिभावकले बिहीबार इलाका प्रहरी कार्यालय गौरीगञ्जमा जाहेरी दिएका छन् । १५ वर्षीया अर्की किशोरीलाई जबर्जस्ती करणी गरी फरार भएका एक युवकलाई पनि प्रहरीले पक्राउ गरेको छ । भद्रपुर नगरपालिका ४ का १९ वर्षीय रमेश लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।
लिम्बूले फागुन १७ गते स्थानीय १५ वर्षीया बालिकालाई खेतमा गएको बेला जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका तीनै युवकलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन २० २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend