Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

फेरि बढ्यो मूल्य, नेपालमा पेट्रोलियम पदार्थमा अहिलेसम्मकै उच्च मूल्यवृद्धि

हाम्रो कोशी आवाज
फाल्गुन २० २०७८, शुक्रबार
फेरि बढ्यो मूल्य, नेपालमा पेट्रोलियम पदार्थमा अहिलेसम्मकै उच्च मूल्यवृद्धि

धरानः नेपालमा पेट्रोलियम पदार्थमा अहिलेसम्मकै उच्च मूल्य वृद्धि भएकाे छ ।
नेपाल आयल निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५-५ रूपैयाँका दरले मूल्य बढेको निगमले जनाएको छ ।
निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रूपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर पाँच १३३ रुपैयाँ पुगेको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखेको निगमले जनाएको छ ।
निगमका अनुसार ५-५ रूपैयाँ मूल्य बढे पनि पेट्रोलमा अझै ११ रूपैयाँ २८ पैसा घाटा छ । यस्तै डिजेलमा ११ रूपैयाँ ७८ पैसा घाटा र मट्टितेलमा १९ रूपैयाँ ५१ पैसा फाइदा छ।

प्रकाशित मिति: फाल्गुन २० २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend