Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ताप्लेजुङको जिल्ला अस्पतालको उपचार कक्षमा भालु पसेपछि…

हाम्रो कोशी आवाज
फाल्गुन २० २०७८, शुक्रबार
ताप्लेजुङको जिल्ला अस्पतालको उपचार कक्षमा भालु पसेपछि…

ताप्लेजुङः जिल्ला अस्पतालको उपचार कक्षभित्रै भालु पसेको छ । बिहीवार राति अस्पतालको प्रसूति कक्षमा भालु पसेको अस्पतालले जनाएको छ । राति साढे ११ बजेको समयमा उपचार कक्षमा भालु देखिएको थियो ।
बिरामी नभएको उपचार कक्षमा भालु भेटिएपछि प्रहरीको सहयोगमा ढोका तानेर थुनिएको र अहिले त्यही कोठामै नियन्त्रणमा रहेको अस्पतालका चिकित्सक सोनिङ लामाले जानकारी दिए । उनका अनुसार अस्पतालको पछाडिको भागबाट ओहोरदोहोर गर्ने छोटो बाटोबाट राति भालु पसेको हो ।
सुरक्षित अवस्थामा रहेको भालुलाई उद्धार गर्ने तयारी भइरहेको छ । उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग समन्वय भइरहेको जनाइएको छ । उद्धारका लागि आवश्यक प्राविधिक समूह र बेहोस बनाउने औषधि सहजै नपाइने भएकाले कोषसँग समन्वय गरिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का वार्डेन रमेश यादवले जानकारी दिए ।
संरक्षण क्षेत्रको कार्यक्षेत्रभित्र नपर्ने भए पनि डिभिजन वन कार्यालयसँगै रहेर उद्धारका लागि विभिन्न क्षेत्रसँग समन्वय गर्ने कार्यमा सघाइरहेको यादवको भनाइ छ । चिसोका कारण माथिल्लो क्षेत्रबाट न्यानो खोज्दै तल्लो क्षेत्र झर्ने क्रममा सदरमुकामसम्म भालु आइपुगेको अनुमान गरिएको छ ।

प्रकाशित मिति: फाल्गुन २० २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend