Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपाली बजारमा खाने तेलको मूल्य वृद्धि, शुरु भयो कालोबजारी

हाम्रो कोशी आवाज
फाल्गुन २० २०७८, शुक्रबार
नेपाली बजारमा खाने तेलको मूल्य वृद्धि, शुरु भयो कालोबजारी

धरानः रुस र युक्रेनबीच चलिरहेको युद्धले आर्थिक क्षेत्रमा असर पर्न थालेको छ । युद्ध दैनिक रुपमा डलरको भाउ बढेको छ भने पेट्रोलियम पदार्थको मूल्य पनि बढेको छ । साथै, डलरको मूल्यले कायम हुने सुनको मूल्य बढ्दो क्रममा छ ।
त्यस्तै, उपभोक्ताको अति आवश्यक वस्तु खाने तेल युक्रेनबाट आयात गरी आपूर्ति गर्दै आएको छ । नेपालको भान्छामा प्रयोग हुने तेल युक्रेनबाट आयात हुने भएकाले यसको प्रभाव प्रत्यक्ष रुपमा देखिन्छ । युद्ध शुरु भएको हप्तादिनमै नेपाली बजारमा भने त्यसैको बाहाना बहानामा उद्योगीहरूले खाने तेलमा कालोबजारी र कार्टेलिङ गर्न थालेका छन् ।
उद्योगीहरूले पर्याप्त मात्रामा तेल दिन छोडेको बताएका छन् । त्यसैगरी, उद्योगीहरूले अहिले तेलको मूल्य बढाएर बजार पठाउने र न्यून परिमाणमा मात्रै पठाउन थालेको व्यवसायीले बताएका छन् ।
नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधारले केही दिनयता होलसेल तथा खुद्रा व्यवसायीले माग अनुसारको तेल पाउन छाडिसकेका छन् । विगतको दिनमै १ सय कार्टुन बिक्रीका लागि ल्याउने होलसेल पसलका व्यवसायीहरूले अहिले ५० कार्टुन नपाइरहेको अवस्था छ । त्यस्तै, एक हप्ताको अन्तरालमै तेलको मूल्य अत्याधिक बढेको उनको भनाइ छ ।
‘अहिले युद्धका कारण तेल अभाव भएको भन्दै प्रतिलिटर २० देखि २५ रुपैयाँसम्म बढिसकेको छ,’ उनले भने । कोरोनाका कारण कारण मूल्यवृद्धि भएर २८० रुपैयाँसम्म पुगेको थियो । तर, बीचमा घटाएर सूर्यमूखी तेलको प्रतिलिटर २५० रुपैयाँ र भटमासको तेल २४० रुपैयाँ कायम भएको थियो । अहिले बढाएर प्रतिलिटर २७० र २७५ रुपैयाँसम्म मूल्य पुगिसकेको छ ।
बजारमा बिनाकारण खाने तेलको मूल्य बढाउने उद्योगीहरूलाई राष्ट्रिय उपभोक्ता मञ्चले कारबाही गर्न सरकार समक्ष माग गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै मञ्चले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको भन्दै अत्यधिक मूल्य बढाउने उद्योगीलाई कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पत्र बुझाएर माग गरेको हो ।
युक्रेनबाट उच्च रुपमा कच्चा पदार्थ आयात गरी आपूर्ति र निर्यात गर्दै आएको अवस्थामा आगामी दिनमा कच्चा पदार्थ ल्याउन नसक्दा तेलको मूल्य बढ्ने उनको दाबी छ ।
‘रुस र युक्रेनबीचको युद्ध कहिले सकिन्छ भन्ने टुङ्गो छैन,’ उनले भने, ‘युद्ध निकै चर्किए आगामी दिनमा अभावसँगै उच्च मूल्यमा खरिद गर्नुपर्ने सिर्जना हुनेछ ।’ उक्त युद्ध लम्बिँदा उद्योगीहरूले आयात गर्न नसकेर आपूर्तिमा पनि समस्या आउन सक्ने उनको भनाइ छ ।

प्रकाशित मिति: फाल्गुन २० २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend