Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ट्रकमा मोटरसाइकल ठोक्किँदा जल्यो, चालकको पनि मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन २१ २०७८, शनिबार
ट्रकमा मोटरसाइकल ठोक्किँदा जल्यो, चालकको पनि मृत्यु

विराटनगरः मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गएको छ ।
मोरङको रतुवामाइ नगरपालिका ८ कोइलिडाङ्गीमा मोटरसाइकल अनियन्त्रित हुँदा एकजनाको मृत्यु भएको हो । उर्लाबारी आमबारी पक्की सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको बा५७प ४३९१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा रतुवामाइ–९ बस्ने वर्ष २८ को अनिश लिम्बूको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । लिम्बूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको थियो ।
मोटरसाइकल चालक लिम्बूसहित पछाडि सवार सोही स्थानका वर्ष ३० का विवश लिम्बू सामान्य घाइते भएका छन् ।
यस्तै, झापाको दमकमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
दमक–४ बजरङ्ग पेट्रोल पम्पनजिक लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना३ख ६९७१ नम्बरको ट्रक पम्प नजिकै टायर परिवर्तन गर्न रोकी राखेको अवस्थामा थियो ।
सोही दिशाबाटै आउँदै गरेको तत्काल नम्बर नखुलेको मोटरसाइकल ठोक्किएको थियो । ट्रकमा मोटरसाइकल ठोक्किनासाथ आगलागी भएको थियो । ठक्कर खाई आगलागी भई पूर्णरुपमा क्षति भएको थियो । मोटरसाइकल जलेका कारण नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ ।
ठक्कर खाई भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक सुनसरी भोक्राहा गाउँपालिका ४ बस्ने वर्ष ३२ को हमिद मियाँ अन्सारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गौरीगञ्ज गाउँपालिका ६ बस्ने वर्ष ५७ को राजेन्द्र राय प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । मोटरसाइकल तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । घटना शुक्रबार राति साढे ९ बजेको हो ।

प्रकाशित मिति: फाल्गुन २१ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend