Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनमा कडाइ, अब दैनिक १० केजीमात्र ल्याउन पाइने

हाम्रो कोशी आवाज
फाल्गुन २३ २०७८, सोमबार
सुनमा कडाइ, अब दैनिक १० केजीमात्र ल्याउन पाइने

धरानः नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ। केन्द्रीय बैंकले आइतबार एक परिपत्र जारी गर्दै सुन आयातको कोटा घटाएको हो ।
यसअघि प्रतिदिन २० किलोसम्म सुन आयातको कोटा तोकिएकोमा केन्द्रीय बैंकले त्यसलाई घटाएर १० किलो बनाएको हो। राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ को सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ को दफा ४ (क) मा संशोधन गरेको उल्लेख छ।
पछिल्लो समय सुनको आयातसँगै मूल्य पनि वृद्धि हुँदै गएको छ। यसअघि बैंकले चाँदी आयातमा कडाइ गरेको थियो। यस्तै, केन्द्रीय बैंकले पछिल्लो समय विभिन्न ४७ वस्तुको आयातमा कडाइ गरेको छ। विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले वस्तु आयातमा कडाइ गर्न थालेको हो ।
राष्ट्र बैंकले ल्वाङ, चिनीजन्य पदार्थ, मदिरा तथा सुर्तीजन्य वस्तुहरू, परफ्युम र ट्वाइलेट वाटर, सौन्दर्यसम्बन्धी सामग्री, स्याम्पुजन्य, काठ तथा काठबाट बनेका सामग्री, जुत्ता तथा चप्पल, छातालगायत वस्तुहरू, नक्कली कपाल तथा नक्कली फूल, चिप्स मार्बललगायत वस्तु, सेरामिकका सामान, सिरिन्जलगायत सिसाका सामान, चाँदी, फर्निचरका सामान, तासा तथा मनोरञ्जल स्थलमा खेलाइने सामग्रीको आयातमा कडाइ गरेको थियो ।

प्रकाशित मिति: फाल्गुन २३ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend