Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ को नाम सगरमाथा राख्न प्राज्ञिक विद्यार्थीको माग

हाम्रो कोशी आवाज
फाल्गुन २३ २०७८, सोमबार
प्रदेश १ को नाम सगरमाथा राख्न प्राज्ञिक विद्यार्थीको माग

धरानः प्राज्ञिक विद्यार्थी परिषद्ले प्रदेश १ को नाम सगरमाथा राख्न माग गरेको छ ।
परिषद् प्रदेश १ समितिले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई भेटेर प्रदेश १ को नाम सगरमाथा राख्न सुझाव दिएको हो ।
परिषद्का प्रदेश अध्यक्ष चिन्तामणि बस्नेतसहित गएको टोलीले मुख्यमन्त्री राईलाई सुझावपत्र पेश गर्दै प्रदेशको नाममा सबैको भावना समेटिने सगरमाथा नाम राख्न आग्रह गरे ।
‘हरेक नामले महत्वपूर्ण भूमिका खेलेको हुन्छ’, सुझाव पत्रमा भनिएको छ, ‘नेपाल बहुभाषा, बहुसंस्कृति, बहुरितिरिवाज, परम्परा, खानपान, विभिन्न भूगोलका साथसाथै आ–आफ्नै चाडपर्व र शैलीका कारण एउटा जात, भाषा, संस्कृति विशेषको नाम राख्दा प्रतिकुल महसुस गर्न सक्छ । त्यसैले सबैले गर्व गर्न सक्ने र अपनत्व महसुस गर्न सकिने खालको नाम राख्दा उचित हुन्छ ।’

प्रकाशित मिति: फाल्गुन २३ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend