Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुर्घटनामा एकजनाको मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन २४ २०७८, मंगलबार
दुर्घटनामा एकजनाको मृत्यु

तेह्रथुमः तेह्रथुममा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाका अनुसार म्याङलुङ–१ डाँडाखर्कमा सोमबार राति साढे ९ बजे ट्याक्टर आफै अनियन्त्रित भएर दुर्घटना हुँदा ट्याक्टरमा सवार म्याङलुङ–१ का २२ वर्षीय किशोरकुमार कालिकोटेको मृत्यु भएको छ ।
यस्तै, एक जना गम्भीर घाइते समेत भएका छन् । दुर्घटनामा परेर ट्याक्टरमा सवार म्याङ्लुङ–१ का २३ वर्षीय महेश विक गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि धरान ल्याइएको छ । म्याङ्लुङबाट डाँडाखर्कतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त १२१२ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भएर सडकभन्दा १ सय ५० मिटर तल खस्न पुगेको थियो ।
दुर्घटनामा गम्भीर घाइते बनेको उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने क्रममा बाटैमा मृत्यु भएको उनले जानकारी दिए । यान्त्रिक गडबढीका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन २४ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend