Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा महिला उद्यमी यमुना सम्मानित

हाम्रो कोशी आवाज
फाल्गुन २५ २०७८, बुधबार
धरानमा महिला उद्यमी यमुना सम्मानित

धरानः ढाका उद्यमी यमुना तुम्सा सङ्यक ११२ औं अन्तरराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा सम्मानित भएकी छिन् ।
धरान उपमहानगर पालिका र महिला सञ्जाल धरान उपमहानगर समितिको संयुक्त आयोजनामा सम्पन्न सो कार्यकममा प्रदेश १ का प्रदेशसभा सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।
विगत चार वर्षदेखि धरानमा चौबिसे सङ्यक ढाका उद्योग सञ्चालन गर्दै आइरहेकी सङ्यकले महिला दिदीबहिनीहरुलाई रोजगार दिनुका साथै सफल महिला व्यावसायी भएकोले सम्मान गरिएको आयोजकले जनाएको छ ।
उनको उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब एकसय जनाभन्दा धेरै महिला दिदस्बहिनीले रोजगार पाइरहेको उनले जानकारी दिइन् । उनले आफ्नो उद्योगको हातेतानबाट उत्पादित मौलिक नेपाली ढाका–कपडा नेपालबाहेक युरोप, अमेरिकालगायत करिब डेड दर्जन देशहरुमा समेत नेपाली ग्राहकमाझ निर्यात गर्दै आएकी छिन् ।
उनले सम्मानले अझ सक्रिय रुपले काम गर्ने हौसला र प्रेरणा मिलेको बताउदै आगामी दिनमा महिला दिदीबहिनीको आर्थिक समृद्धिका साथै अन्य प्रेरणादायी काम गर्ने प्रतिबद्धता जनाएकी छिन् । कार्यक्रममा उनीसँगै धरानमा महानगरमा भित्र विभिन्न क्षेत्रमा सक्रिय अन्य महिला समेत सम्मानित भएका थिए ।
प्रमुख अतिथि प्रदेशसभा सभामुख भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिँदै महिला अधिकार र आर्थिक समृद्धिका लागि राज्य प्रतिबद्ध भएको बताएका छन् । कार्यक्रम महिला सञ्जाल धरान उपमहानगर समितिकी अध्यक्ष चेतना श्रेङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
व्यवसायसँगै सामाजिक र सांस्कृतिक सेवामा समेत यमुना सक्रिय छन् ।

प्रकाशित मिति: फाल्गुन २५ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend