धरानः बराहक्षेत्रका युवाको करेन्ट लागेर मृत्यु भएको छ ।
बराहक्षेत्र-३ बाङ्गेका वर्ष २७ को नविन कार्कीको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रमुख पाण्डव राजवंशीले जानकारी दिए ।
खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते बनेका कार्कीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । उनले गत माघ २३ गते मात्रै विवाह गरेका थिए ।