विराटनगरः मोरङको विराटनगर महानगरपालिका–४ स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर–३ का ७५ वर्षीय इश्वरी पोखरेल रहेका छन् । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–००२च ५०५७ नम्बरको पिकअपले बाटोमा हिँडिरहेका पोखरेललाई ठक्कर दिँदा घाइते भएका पोखरेलको आर्या अस्पताल कञ्चनबारीमा उपचारको क्रममा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।