संखुवासभाः संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस बिहान करिब साढे सात बजेतिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ पुलुङ गाउँको सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।
दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनास्थलमा उद्धारकार्य जारी रहेको प्रहरीको भनाइ छ । अहिलेसम्म ८ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार करिब २५ जना यात्रुसहितको बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।

