Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अपडेटः संखुवासभा दुर्घटनामा १४ जनाको मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन २६ २०७८, बिहिबार
अपडेटः संखुवासभा दुर्घटनामा १४ जनाको मृत्यु

संखुवासभाः संखुवासभामा बस दुर्घटना हुँदा  १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । रेसम फिलिली नामको बस दुर्घटनामा परेको हो । मृतकहरुको पहिचान भइसकेको छैन ।
दमकतर्फ जाँदै गरेको बा४ख ७३५ नम्बरको बस संखुवासभाको मादी नगरपालिका वडा नं. ६ पुलुङ गाउँको सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा १४ जनाको मृत्यु भएको पाँचजना गम्भीर घाइते बनेको र १ जनाको खोजी कार्य जारी रहेको मादी नगरपालिकाका प्रमुख विदुर लिङ्थेपले जानकारी दिए । ‘१४ जनाको घटनास्थलमै मृत्यु भएको छ, एकजनाको खोजी कार्य जारी छ’, उनले भने ।
दुर्घटनामा १४ जनाको मृत्यु भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार करिब २५ जना यात्रुसहितको बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति: फाल्गुन २६ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend