Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मृतक सबैको पहिचान खुल्यो

हाम्रो कोशी आवाज
फाल्गुन २६ २०७८, बिहिबार
मृतक सबैको पहिचान खुल्यो

धरानः संखुवासभाको मादी–६ मा भएको बस दुर्घटनामा मृतक सबैको पहिचान खुलेको छ ।
घाइतेमध्ये मादी–५ की ३० वर्षीय युका पोखरेलको धरानस्थित बीपी प्रतिष्ठानमा मृत्यु भएको हो । उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा चालक तथा सवारी धनी औंशीडाँडा, तेह्रथुमका ३५ वर्षीय विपीन निरौला, सहचालक मादी–६, संखुवासभाका ३५ वर्षीय उमेश भट्टराईको मृत्यु भएको छ ।
थप मृतकको नामावली
४५ वर्षीय दीपक दाहाल, मादी–५ संखुवासभा
५२ वर्षीय श्याम शेर्पा– मादी ५, संखुवासभा
५५ वर्षीय भवानी दाहाल– मादी ५, संखुवासभा
३८ वर्षीय इन्द्रबहादुर अधिकारी– मादी ६, संखुवासभा
५ वर्षीया दिक्षा कटवाल– मादी ६, संखुवासभा
३२ वर्षीया अन्जना कटवाल, मादी ६ संखुवासभा
३८ वर्षीय आइतबहादुर तामाङ– मादी ४, संखुवासभा
३५ वर्षीया सविता राउत कार्की– मादी ४, संखुवासभा
३० वर्षीया सीता विक– मादी ६, संखुवासभा
६० वर्षीय बलबहादुर कार्की–मादी ४, संखुवासभा
३१ वर्षीया समिक्षा योन्जन– ताप्लेजुङ
८ वर्षीय सुदीप घिसिङ– ताप्लेजुङ

घाइतेहरुको नामावली
३० वर्षीय सुवास गोले–मादी ५ , संखुवासभा
२२ वर्षीय तुलसा कट्वाल– मादी ६, संखुवासभा
अम्विका विक–मादी ६, संखुवासभा, संखुवासभा
५० वर्षीय डम्बरबहादुर कार्की– मादी ६, संखुवासभा
घाइतेमध्ये उनीहरुको अवस्था खतरामुक्त रहेको चिकित्सकले जनाएका छन् । उनीहरुको धरानस्थित बीपी प्रतिष्ठानमा उपचार भइरहेको छ । उनीहरुलाई सेनाको हेलिकोप्टरमार्फत् धरान ल्याइएको हो ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाका अनुसार बिहीबार बिहान करिब ७ः३० तिर मादी नगरपालिकाको केन्द्र ओखरबोटेदेखि दमक जाँदै गरेको बा४ख ७३५ नम्बरको ‘रेसम फिलिली’ नामको बस दुर्घटनामा परेको हो । पुलुङ गाउँस्थित सातघुम्ती भन्ने स्थानमा बस दुर्घटनामा परेको हो । तीब्र गतिमा बस कुदाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन २६ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend