Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आगोलागीमा परी जलेर महिलाको मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन २७ २०७८, शुक्रबार
आगोलागीमा परी जलेर महिलाको मृत्यु

ताप्लेजुङः ताप्लेजुङको फुङलिङ नगरपालिका-४ कोप्चेमा शुक्रबार बिहान भएको आगलागीमा परी स्थानीय ६७ वर्षीया वृद्धा चुलिमाया लिम्बूको मृत्यु भएको छ ।
बिहान साढे ८ बजेको समयमा स्थानीय संगीता मादेनको घरबाट अचानक आगलागी शुरु भई छिमेकी रविन आङ्वोहाङको घरमा समेत आगलागी हुँदा सोही घरमा डेरा बस्ने चुलिमायाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
आगलागीबाट मादेनको २ तले कच्ची घर जलेर नष्ट भएको र आङबोहाङको घर आंशिकरुपमा जलेर क्षति भएको छ । सो आगलागी स्थानीयवासी र सुरक्षाकर्मी तथा दमकलको सहयोगमा बिहान साढे ९ बजे नियन्त्रणमा आएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: फाल्गुन २७ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend