धरानः संखुवासभाको मादीमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।
प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले दुर्घटनामा मृत्यु भएका यात्रुका परिवारलाई एक लाख रुयैयाँ उपलब्ध गराइने जानकारी दिए । ‘दुर्घटनामा घाइते भएका सबै यात्रुको उपचार खर्च पनि प्रदेश सरकारले नै व्यहोर्ने छ ।’ उनले भने ।
संखुवासभामा बिहीबार बिहान रेसम फिलिली नामको को४ख ७३५ नम्बरको यात्रुबाहक बस दुर्घटनामा दुर्घटनामा १५ जनाको ज्यान गएको छ । मादी–६ पुलुङ गाउँस्थित सात घुम्तीमा बस दुर्घटनामा परेको थियो ।
घाइतेमध्ये मादी–५ की ३० वर्षीय युका पोखरेलको धरानस्थित बीपी प्रतिष्ठानमा मृत्यु भएको थियो भने अन्यको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा दुर्घटनामा चालक तथा सवारी धनी औंशीडाँडा, तेह्रथुमका ३५ वर्षीय विपीन, सहचालक मादी–६, संखुवासभाका ३५ वर्षीय उमेश भट्टराईको मृत्यु भएको छ । यस्तै, ४५ वर्षीय दीपक दाहाल (मादी–५ संखुवासभा) ५२ वर्षीय श्याम शेर्पा (मादी–५, संखुवासभा), ५५ वर्षीय भवानी दाहाल (मादी–५, संखुवासभा), ३८ वर्षीय इन्द्रबहादुर अधिकारी (मादी–६, संखुवासभा), ५ वर्षीया दीक्षा कटवाल (मादी–६, संखुवासभा), ३२ वर्षीया अन्जना कटवाल ( मादी–६ संखुवासभा) ३८ वर्षीय आइतबहादुर तामाङ (मादी–४, संखुवासभा) ३५ वर्षीया सविता राउत कार्की (मादी–४, संखुवासभा), ३० वर्षीया सीता विक (मादी–६, संखुवासभा), ६० वर्षीय बलबहादुर कार्की (मादी–४, संखुवासभा) ३१ वर्षीया समीक्षा योञ्जन (ताप्लेजुङ), ८ वर्षीय सुदीप घिसिङ (ताप्लेजुङ) को मृत्यु भएको छ ।
यस्तै, ३० वर्षीय सुवास गोले–मादी–५, संखुवासभा, २२ वर्षीय तुलसा कट्वाल मादी ६, संखुवासभा, १७ वर्षीया करिष्मा तामाङ भोजपुर गोगने, ५० वर्षीय डम्बरबहादुर कार्की– मादी ६, संखुवासभाको अहिले धरानस्थित बीपी प्रतिष्ठानमै उपचार भइरहेको छ । अहिले उनीहरुको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको जनाइएको छ । उनीहरुलाई पनि सेनाको हेलिकोप्टरमार्फत् धरान ल्याइएको हो ।