Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-८ को सुम्निमा स्कुलमा तीनदिने खेलकुद (१९ तस्वीरसहित)

हाम्रो कोशी आवाज
फाल्गुन २८ २०७८, शनिबार
धरान-८ को सुम्निमा स्कुलमा तीनदिने खेलकुद (१९ तस्वीरसहित)

धरानः धरान-८ स्थित सुम्निमा सेकेण्डरी बोर्डिङ स्कुलमा तीनदिने खेलकुद कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीको शारीरिक विकास खेलकुद आवश्यक भएको साथै अतिरिक्त क्रियाकलापलाई जोड दिने उद्देश्यले र यस्तो कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल युवा राईले जानकारी दिए ।
फागुन २५, २६ र २७ गते सम्पन्न खेलकुद कार्यक्रम राखिएको कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा–१० सम्मका विद्यार्थीले सहभागिता जनाएका थिए । खेलकुद कार्यक्रम सकिएलगत्तै पुरस्कार वितरणलगायतको कार्यक्रम पनि राखिएको उनले जानकारी दिए ।
खेलकुद प्रतियोगिताअन्तर्गत भलिबल, बास्केटबल, कक फाइट, म्युजिकल प्लेट, स्किप रेस, फिलिङ बोटल, स्पोन रेस,चेञ्ज योग स्वेटर, विभिन्न प्रकारका दौड प्रतियोगिता, यल्लो बल, ब्रेकिङ पट, चेन्जिङ सक्स, सुज रेसलगायतका खेलकुदका कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए । उनले पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि विद्यालयले सक्दो जोड दिँदै आएको बताए । ‘यसअघिका विद्यार्थीले त अन्य विद्यालयसँगको प्रतिस्पर्धामा भलिबल, बास्केटबललगायतका खेलकुद गतिविधिमा विद्यार्थी कहिल्यै हारेको रेकर्ड देखिएन’, उनले भने, ‘यसले विद्यालयले अतिरिक्त क्रियाकलापमा जोड दिएको पुष्टि हुन्छ ।’ तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: फाल्गुन २८ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend