Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

झाडीमा चिच्याइरहेको अवस्थामा भेटिइन् बालिका

हाम्रो कोशी आवाज
फाल्गुन २८ २०७८, शनिबार
झाडीमा चिच्याइरहेको अवस्थामा भेटिइन् बालिका

विराटनगरः मोरङको सुन्दरहरैंचा-७ मा झाडीमा अर्धचेत अवस्थामा भेटिएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।
अहिले डेढ वर्षीया बालिकाको मृत्यु रहस्यमय बन्दै गएको छ । ती बालिका शुक्रबार साँझ ५ बजेतिर घरबाट हराएकी थिइन् ।
परिवारले खोज्दा ६ बजेतिर नजिकैको झाडीमा बालिका चिच्याइरहेको अवस्थामा फेला पारेका थिए । उनको शरीरको विभिन्न भागमा चोटपटक तथा योनीबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर गरी उनीहरुले विराटनगरस्थित नोबेल मेडिकल अस्पतालमा उपचारका लागिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीले जानकारी दिए । उनको उपचारका क्रममा राति करिब १२ बजेतिर मृत्यु भएको उनले जानकारी दिए । उनले बालिकाको स्वास्थ्य परीक्षण रिपोर्ट आइनसकेकाले केही भन्ने अवस्था नरहेको बताए । अस्पतालले जनाएअनुसार बालिकाको यौनाङ्गमा गम्भीर चोट छ ।
शवको पोष्टमार्टम धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: फाल्गुन २८ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend